अमेरिकाले चीनको एक दर्जन कम्पनीलाई कालोसूचीमा राख्यो

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ११ : ४७


अमेरिकाले चीनको एक दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ।

राष्ट्रिय सुरक्षा र विदेश नीतिमा चुनौती थपिएकाले चीनका कम्पनीहरुलाई कालोसूचीमा राख्नु परेको अमेरिकाको भनाइ छ।

चिनियाँ कम्पनीहरुले त्यहाँका जनमुक्ति सेनालाई क्वान्टम कम्प्युटिङ प्रोग्राम विकसित गर्न मद्दत गरिरहेको अमेरिकी आरोप छ।

ताइवानको विषयमा चर्को विवाद चलिरहँदा अमेरिकाले पछिल्लो कदम चालेको हो। हाल अमेरिकाले कालोसूचीमा राखेको कम्पनीले चिनियाँ सेनलाई सहयोग गरेको अमेरिकी भनाइ छ।

‘सैन्य प्रयोगका लागि अमेरिकी बस्तु हासिल गर्ने कोसिस’को रुपमा यी कम्पनीले चिनियाँ सेनालाई सहयोग गरेको अमेरिकी भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्