सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज कति छ प्रतितोला?

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ११ : १८


नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ।

सुनको भाउमा बुधबार पनि तोलामा छ सय रुपैयाँले गिरावट आएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्