देउवा र ओली चितवन आउने, प्रहरीका एआईजी र डीआईजीले सुरक्षा चेक गर्ने

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : ५८


एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन्।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन आउन लागेका हुन्।

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको आज साँझसम्म चितवन आइपुग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए।

एमालेका अध्यक्ष केपी ओलीलगायत स्थायी कमिटीका नेताहरू पनि आज नै चितवन आउँदै छन्। महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन्।


प्रतिक्रिया दिनुहोस्