च्याम्पियन्स लिगको नकआउट चरण पुगे रियल मड्रिड र इन्टर मिलान

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : १२


काठमाडौँ। स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।

बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३–० को सहज जित निकाल्यो। रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १–१ गोल गरे।

समूह ‘डी’ कै अर्को खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ। इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए।

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ। १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ। पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो।

यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ। पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए।


प्रतिक्रिया दिनुहोस्