बेलायत गइरहेका अवैध आप्रवासी सवार डुंगा दुर्घटना हुँदा २७ जनाको मृत्यु

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : २०


बेलायत जाने प्रयास गरिरहेका अवैध आप्रवासी सवार डुंगा दुर्घटना हुँदा त्यसमा सवार २७ जनाको मृत्यु भएको छ। इंग्लिस च्यानलमा डुंगा डुबेको बीबीसीले जनाएको छ।

यो दुर्घटना फ्रान्सको कैले क्षेत्रमा भएको बताइएको छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार सन् २०१४ यता यो क्षेत्र सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र हो।

बेलायती प्रधानमन्त्रीले यो दुर्घटनालाई ‘हैरान’ पार्ने घटना भनेका छन्।

मानव तस्करहरुले बेलायतको सपना देखाएर रकम असुल्दै असुरक्षित समुद्री क्षेत्रबाट आप्रवासीलाई भित्र्याउने प्रयास गर्दा दुर्घटना हुने गरेको छ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डेगमनाले यो दुर्घटनामा पाँच महिला र एक बच्चाको मृत्यु भएको पनि बताए।


प्रतिक्रिया दिनुहोस्