अत्यन्तै प्रदुषणको कारण यस्तो देखियो भारतको यमूना नदि

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ४१


काठमाडौं ।भारतको यमुना नदिमा देखिएको डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा अहिले निकै भाईरल पनि बनिरहेको छ । गत आईतबार बिहानै नदि घाटमा बादल जस्तै अनौठो फिँज उत्रिएको थियो । जसको बीचमा मानिसहरुले छठ पुजा पनि गरेका थिए ।

अत्यन्तै प्रदुषणको कारण नदिमा त्यस्तो तस्बिर देखिएको हो । सलमान अलि नामक एक फोटोग्राफरले आफ्नो फेसबुक पेजमार्फत यमुना नदि किनारको डरलाग्दो तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा बादल जस्तो फिँजको बीचबाट महिलाहरुले सूर्यको पुजा गरिरहेका छन् ।

भारतको केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले केहि वर्षदेखि यमुना नदिको पानीको नमुना परिक्षण गरिरहेको छ । सीपीसीबीको रिपोर्टमा नदिमा अत्यन्तै हानिकारक केमिकल भेटिएको जनाइएको छ । रिपोर्टमा चाँडै नै यमूनाको अस्तित्व नै संकटमा पर्दै गरेको उल्लेख गरिएको छ । सीपीसीबीले नदिको पानीमा बायो केमिकल र क्लोरीफर्मको मात्रा अत्याधिक रहेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्