नेपालगञ्ज एयरपोर्टमा स्यालसँग ठोक्कियो जहाज

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ०५


काठमाडौं। नेपालगन्ज एयरपोर्टमा बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ।

त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको एटिआर-७२ विमान बुधबार साँझ ७ बजेतिर अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको छ।

प्रहरीका अनुसार यात्रु सकुसल छन्। विमानमा सामान्य क्षति भएको छ।

स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।

केहि दिन अघि सो विमानस्थलमा उड्ने बेला त्यहा बदेलसँग विमान ठोक्किएको थियो।


प्रतिक्रिया दिनुहोस्