नेपाली भूगोललाई भारतले आफ्नो नक्सामा राखेकोमा आपत्ती

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी भारतीय नक्सामा परेको बिषयमा आपत्ती जनाएको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रियताको बिषयमा गम्भीर बन्न सरकारसँग अपील गर्नु भएको छ ।

राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा भारतीय हस्क्षेपको प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँनु भएको छ। 

नेपाली भूमि कालापानी र लिपु लेक क्षेत्रलाई भारतले केही दिनअघि सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा यी दुई भूगोललाई आफ्नोतर्फ राखेको हो।
 


प्रतिक्रिया दिनुहोस्