प्रधानन्यायाधीशसँगै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ: विप्लव नेकपा

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ५९


काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानन्यायाधिशलगायत न्यायाधिकारीहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन्।

प्रवक्ता प्रकाण्डले नेपालका क्रान्तिकारी एबम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरु , १० बर्षको महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२र६३ को जनआन्दोलनका मुद्धा , जनआकांक्षा र जनभावनाका बिरुद्ध जबर्जस्त नेपाली जनताको थाप्लोमा लादिएको दलाल पुँजीपति बर्गको दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनताको जीवनमा निम्त्याएको संकटपूर्ण अवस्थाको पछिल्लो नाङ्गो चित्र सर्बोच्च अदालतमा देखिएको अराजकता, निकम्मापन र अनैतिकता भएको समेत ठोकुवा गरेका छन।

‘‘यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गइभिर समस्या हो। यसको अन्तिम र रणनीतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ। यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ’’ विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्