चलचित्र ‘रत्नपार्क’मा र्‍यापर भिटेन हिरो

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : २२


नेपालका चर्चित र्‍यापर भिटेन अर्थात् समिर घिसिङ अब र्‍याप गायकसँगै अभिनेताको रुपमा पनि परिचित हुने भएका छन्।

चलचित्र ‘रत्नपार्क’मा उनी हिरो अर्थात् मुख्य पात्रको रुपमा प्रस्तुत हुने भएका हुन्। बुढासुब्बा फिल्म्सले निर्माण गर्न लागेको भिटेन अभिनित ‘रत्नपार्क’ आगामी वर्षको दशैं फूलपातिमा प्रदर्शन हुने भएको हो।

बुढासुब्बाले गतसाता र्‍याप गायक भिटेनलाई मुख्य भूमिकामा औपचारिकरुपमा अनुबन्धित गरेको थियो।

भिटेनले आफू डेब्यु फिल्मलाई लिएर उत्साहित भएको बताएका छ। उनका अनुसार यो चलचित्रको कथावस्तु उनकै वास्तविक जीवनको नजिक छ।

घिसिङलाई कति पारिश्रमिक दिइनेछ भनेर केही जानकारी दिइएको छैन। काठमाडौंमा बाँच्नको लागि गर्ने संघर्षको कथामा रत्नपार्क आधारित हुनेछ।

फिल्ममा घिसिङकै र्‍याप संगीत हुनेछ।


प्रतिक्रिया दिनुहोस्