शौचालयमा बालिकामाथि बलात्कार गरेको अभियोगमा युवक पक्राउ

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडाैं । सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिकामा ती युवकले घरमा कोहि नभएको मौका छोपि बालिकालाई सोमबार दिउँसो शौचालयमा लगेर बलात्कार गर्न खोजेको पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयाे ।

मुख थुनेर बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि बाटोमा हिडिंरहेकी बालिकाकी फुपुले सुनेकी थिइन् । बालिका चिच्याएको सुनेपछि ‘के भयो ?’ भनेर कराउँदा युवक फरार भएको बताइएको छ । उनलाई जंगल छेउको गोठमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय मौवाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि सदरमुकाम फिदिम ल्याइएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस्