पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ११


पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो।

उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका २ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्