चर्चित नेता लालु यादवले गाडी चलाएको भिडिओ भाइरल, भने: हामी सबै ड्राइभर

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ५८


बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादव भारतभर चर्चित नेता हुन्।

उनले गर्ने रमाइलो भाषणका कारण उनी सँधै चर्चामै रहन सफल भएका हुन्। ७३ वर्षका यादवले हालै एक गाडी चलाएको भिडिओ यतिबेला भाइरल भइरहेको छ।

उनले ट्विटरमा प्रस्ट रुपमा भनेका छन् कि सो गाडी उनको जीवनकै पहिलो गाडी हो। भिडिओमा पहिलोपटक किनेको गाडी चलाउँदा उनी खुशी देखिन्छन्।

उनले सामाजिक संजालमा भनेका छन्,‘आज वर्षौपछि मैले मेरो पहिलो गाडी चलाए। यो संसारमा जन्म लिने मानिसहरु कुनै न कुनै रुपमा ड्राइभर हुन्। तपाईको जीवनमा माया, सद्भाव, समानता, समृद्धि, शान्ति, धैर्य, न्याय र खुशीको गाडी सधैं खुसीसाथ दौडिरहोस्।’


प्रतिक्रिया दिनुहोस्