बाहुबली स्टारर प्रभासको एक चलचित्रको पारिश्रमिक १५० करोड भारु

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : २१


काठमाडौं। बाहुबली चलचित्रबाट चर्चित बनेका अभिनेता प्रभासले ‘आधिपुरुष’ चलचित्रको लागि १५० करोड भारु लिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

बलिउड हँगामाका अनुसार प्रभासले आधिपुरुषसँगै चलचित्र ‘स्पिरिट’को लागि पनि १५० करोड भारु लिएका छन्।

बलिउडमा मात्र नभएर बाहुबली चलचित्रको सफलतापछि दर्शकहरुले साउथ इन्डियन चलचित्र पनि रुचाउन थालेको देखिएको हो।

बाहुबलीपछि ह्वात्तै चर्चित बनेपछि प्रभासलाई चलचित्रको लागि धेरै अफर आएपछि उनले आफ्नो पारिश्रमिक बढाएका हुन्।

खबरअनुसार उनको पारिश्रमिक सलमान खान, शाहरुख खान तथा अक्षय कुमारको भन्दापनि बढी छ।

यसअघि सलमान खानले सुल्तान र टाइगर जिन्दा हे चलचित्रको लागि सय करोड भारु बढी पारिश्रमिक लिएको खबर आएको थियो।


प्रतिक्रिया दिनुहोस्