अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ३८


काठमाडौं । नेपाल वायुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराएको स्पष्ट पारेको छ ।

निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।


प्रतिक्रिया दिनुहोस्