नयाँ पाँचतारे होटल ‘हायात प्लेस’ले आइपीओ जारी गर्दै

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ००


काठमाडौं। हालसालै सञ्चालनमा आएको काठमाडौंको पाँचतारे होटल ‘हायात प्लेस’ले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ।

होटलले सर्वसाधारणका लागि जारी पुँजीको १० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले गत कात्तिक १५ गतेदेखि सोल्टीमोडमा होटल सञ्चालनमा ल्याएको हो। उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल। हरिशचन्द्र सुवेदीलगायत व्यवसायीको लगानी छ।


प्रतिक्रिया दिनुहोस्