आलमको थुनछेक बयान रोकियो

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ०६


काठमाडौं । रौतहटको राजपुरमा इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोग लागेका नेपाली कांग्रेसका सांसद अफताव आलमको बयान रोकिएको छ । 

मिसिलको नक्कल नपाएको भन्दै आलमका कानुन व्यवसायीहरुले पहिले मिसिलको फोटो कपि आफुहरुलाई उपलब्ध गराउन माग गरेका कारण आलमको बयान रोकिएको हो ।

उनलाई बयानका लागि रौतहट जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो । सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।

आलमको पक्षबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला लगायत १२ जना बहसका लागि नाम लेखाएका छन् । 


प्रतिक्रिया दिनुहोस्