पूर्व क्रिकेटर तथा भाजपा सांसद गौतम गाम्भीरलाई आईएसको ज्यान मार्ने धम्की

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ४२


भारतका पूर्व क्रिकेटर तथा सत्ताधारी पार्टी भाजपाका सांसद रहेका गौतम गाम्भीरलाई स्लामिक अतिवादी समूह आईएसले ज्यान मार्ने धम्की दिएका छन्।

भारतीय संचारमाध्यमका अनुसार कस्मिरमा रहेर आतंकवादी गतिविधि गर्दै आएका आईएसले गाम्भीरलाई ज्यान मार्ने धम्की दिएका हुन्।

यो घटनासँगै हाल गाम्भीरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। डीसीपी श्वेता चौहानले एएनआईसँग भनेका छन्,‘लोकसभा सांसद र पूर्व क्रिकेटर रहेका गौतम गाम्भीरले दिल्ली प्रहरीसँग आईएसको धम्कीबारे बताएका छन्। हामीले यो विषयमा अनुसन्धान गरिरहेका छौं। उनको घर अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ।’

इन्डिया टुडेका अनुसार गाम्भीरलाई इमेलमार्फत् हत्याको धम्की आएको हो। गाम्भीर सन् २०१९ मा लोकसभा चुनावमा भाजपाबाट निर्वाचित भएका थिए। उनले अन्तर्राष्ट्रियस्तरमा १५ वर्षसम्म भारतीय क्रिकेटको प्रतिनिधित्व गरेका थिए।

सन् २०१८ मा उनले खेलबाट सन्यास लिएका थिए। गाम्भीर भारतले दुईपटक विश्वकप क्रिकेटको उपाधि जित्दा सो टोलीको सदस्य थिए।


प्रतिक्रिया दिनुहोस्