लोकतन्त्रको विषयमा अमेरिकी सम्मेलन, ११० देशलाई निम्तो दिइँदा चीन र रुस अटाएनन्

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : १५


अमेरिकाले लोकतन्त्रको विषयमा एउटा बृहत सम्मेलनको आयोजना गर्ने भएको छ। आगामी डिसेम्बर ९ र १० तारिखमा यो भर्चुअल सम्मेलन हुने बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्मेलनमा उपस्थित हुन ११० देशलाई निम्तो दिएका छन्। तर यो कार्यक्रमको लागि रुस र चीनलाई भने निम्तो दिइएको छैन।

बाइडेनले रुस र चीनलाई निम्तो नदिएपछि अमेरिका र यी देशहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ भन्ने स्पष्ट हुन्छ। चीनले आफ्नो प्रान्त मान्ने ताइवानलाई पनि अमेरिकाले निम्तो पठाएको छ।

यसको अर्थ अमेरिका अघोषित रुपमा ताइवान स्वतन्त्र होस् भन्ने चाहन्छ। यो घटनाले चीन अमेरिकासँग रुष्ट बन्ने निश्चित छ। ताइवान र हङकङको स्वतन्त्रतासँगै चीन र अमेरिकाबीच प्रविधि, व्यापार तथा मानवअधिकारको विषयमा विवाद छ।


प्रतिक्रिया दिनुहोस्