नामबाट जोनस थर हटाउनु प्रियंकाको चर्चा पाउने तिकडम मात्र!

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : ५०


हालै बलिउड साथै हलिउडमा समेत चर्चा कमाएकी गायिका प्रियंका चोपडाले आफ्नो नामबाट जोनस थर हटाएकी छिन्।

इन्स्टाग्राम साथै फेसबुकजस्ता सामाजिक संजालमा यसअघि उनको नाम ‘प्रियंका चोपडा जोनस’ थियो।

एकाएक नामबाट जोनस थर हटाएपछि यतिबेला प्रियंका र उनका श्रीमान निक जोनसबीच सम्बन्धविच्छेद हुन लागेको चर्चा सुरुवात भएका छन्।

३९ वर्षकी प्रियंका र २९ वर्षे अमेरिकी गायक निकबीच सन् २०१८ मा विवाह भएको थियो। विवाह भएको तीन वर्षपछि उनीहरुबीच सम्बन्धविच्छेद हुन लागेको चर्चा सुरुवात भएसँगै यो विषय विश्वव्यापी बनेको छ।

प्रियंकाले नामबाट जोनस हटाउने कदमपछि धेरैले उनी र निकबिच खटपट भएको आशंका गरेका छन्। तर प्रियंकाकी आमा मधु चोपडाले यो कुरा हावादारी भएको र यस्ता हल्ला नफैलाउन भनेकी छिन्।

यस्तै अधिकाँश सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि प्रियंकाले जोनस थर हटाउनु चर्चामा रहिरहने ‘पब्लिसिटी स्टन्ट’ भएको बताइरहेका छन्। यही बुधबार नेटफ्ल्क्सिमा जोनस दाजुभाइको नयाँ कार्यक्रम ‘जोनस ब्रोदर्स फ्यामेली रोस्ट’ रिलिज हुन लागेको छ।

जोनस परिवारको हरेक प्रोजेक्टको प्रचार गर्न प्रियंका सधैँ सक्रिय छिन्। यसबीचमा आफ्नो नामबाट जोनस थर हटाउनु पनि यसैको प्रचारको तिकडम भएको अनुमान गरिएको छ।

किनभने सम्बन्धविच्छेदबारे हल्ला चलिरहँदा पनि प्रियंकाले श्रीमान निकको फोटो तथा भिडियोमा रमाइलो कमेन्टहरु गरिरहेकी छिन्।

हाल प्रियंका आफ्नो नयाँ हलिउड फिल्म ‘दि म्यट्रिक्स ४’को प्रचारमा व्यस्त छिन्। आफ्नो चलचित्रको प्रचारको लागि पनि उनले जोनस थर हटाएर आफूलाई चर्चामा ल्याउन जोनस थर हटाएको हुन सक्छिन्।


प्रतिक्रिया दिनुहोस्