कास्की २ र बाग्लुङमा विवेकशील नेपालीले तोक्यो उम्मेदवार

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ५८


काठमाडौं । विवेकशील नेपाली दलले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कास्की २ बाट जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलले मंगलबार शर्मालाई कास्की २ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । 

कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भुमिका खेल्दै आउनु भएको छ। 

मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त हुनुहुन्छ। दुई छोराछोरीकी आमा जमुनाले एचआईभी पीडित, द्वन्द्व पीडित, मानसिक रुपमा समस्यामा परेका बाल(बालिका तथा महिलाहरुलाई विभिन्न माध्यमबाट अतुलनीय सहयोग गर्दै आउनु भएको छ ।

विभिन्न  संघ संस्थाको नेतृत्वदायी भूमिकामा बसेर होस् या सामाजिक अभियानहरुको नेतृत्व गरेर जमुना शर्माले आफुलाई प्रमाणित गरिसक्नु भएको छ। 

यस्तै विवेकशील नेपालीले  बाग्लुङ २ (ख) प्रदेश सभाका लागि दलका तर्फबाट सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुनुहुन्छ  । 

बुवा सत्तारूढ दलको तर्फबाट निर्वाचित जन प्रतिनिधि भए पनि उहाँ विवेकशील नेपाली दलको स्थापनाकालदेखिकै सक्रिय नेता हुनुहुन्छ । 

पछिल्लो समय उनले विवेकशील नेपाली दलमा वाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्