अष्ट्रेलिया र जापानले खुला गर्यो विद्यार्थी भीसा

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १० : १८


अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने नेपाली साथै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रवेशाज्ञा ‘भिसा’ खुल्ने भएको छ।

कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भिसा अनुमति थिएन। विश्वभर कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भिसा अनुमति दिने भएको हो।

अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ।

त्यस्ता योग्य भिसाधारीमा दक्ष जनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहदानी बोकेका समावेश छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि पूर्ण खोप लगाएका योग्य भिसा धारीले यात्रा छुटका लागि आवेदन नगरी अस्ट्रेलिया आउन सक्नेछन्।

उता जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ।

यससँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ।


प्रतिक्रिया दिनुहोस्