आलमको थुनछेक बयान सुरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । रौतहटको राजपुरमा ईट्टाभट्टामा जिउँदै मान्छे मारेको अभियोगमा जन्मकैद सजाय मागदावी गर्दै मुद्दा दायर भएका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ। 

जिल्ला अदालत रौतहटमा न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सुरू भएको हो । बयान सकिएपछि थुनछेक बहस हुने छ । 

उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू हुनेछ । आलमको केशमा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन् । 

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्