एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०१


काठमाडौं। एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको हो।

समितिमा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।

यस्तै एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।

एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने भएको छ।


प्रतिक्रिया दिनुहोस्