अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ४२


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन्।

पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै त्यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन्।

उनले विश्वका दाता राष्ट्रहरू तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्