ओलीसँग पनि प्रधानन्यायाधीश राणाले मागेका थिए उद्योग वाणिज्य मन्त्रालय

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ०४


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै माग गरेको खुलेको छ।

स्रोतका अनुसार ८ जेठमा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सदर गराउने शर्तमा राणाले मन्त्रालय मागेका थिए।

ओली मन्त्रालय दिनसमेत तयार भएका थिए। त्यसकै आधारमा ओलीले तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सहभागी गराएको ठाकुर निकट एक नेताले बताए।


प्रतिक्रिया दिनुहोस्