नेपाल बार र बृहत् नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ५५


बृहत् नागरिक आन्दोलन र नेपाल बारसहित छवटा पेसागत संगठनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै संयुक्त र्‍याली गर्ने भएको छ।

बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतदेखि बालुवाटारसम्म जानेछ।

बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको माग गर्दे र्‍याली गर्ने भएका हुन्।


प्रतिक्रिया दिनुहोस्