लिपिस्टिकमा लिडलगायत उत्तेजक र हानिकारक धातु रहको पुष्टि

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ४६


काठमाडाैं ।  लिपिष्टकले महिलालाई थप सुन्दर बनाउने काम गर्छ । यसको प्रयोग करोडौँ महिलाहरुले गर्छन् । तर, यसको हानीबारे भने कमैलाई थाहा रहेको छ ।  एक अध्ययनले लिपिस्टिकमा लिडलगायत अन्य उत्तेजक र हानिकारक धातु रहको पुष्टि गरेको छ । 

अध्ययनका अनुसार लिपिस्टिकमा क्याडमियम, आल्मुनियमलगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानी गर्ने मात्र होइन, गर्भवतीको भ्रुणमा समेत असर गर्छ ।  युनिर्भसिटी अफ क्यालिफोर्नियाका अनुसार लिपस्टिकमा लिडलगायतका हानिकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपस्टिक त्यस्ता खनिजबाट बनाइएको हुन्छ, जसको स्रोत विषादी हो ।   आल्मुनियमजस्तो विषादीयुक्त धातुबिना लिपस्टिक बनाउन नसकिने भन्दै यसले स्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्