सोलुखुम्बुमा आफ्नै पिताको एसिड प्रहारबाट छोराछोरी घाइते

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ११


सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन्।

सोलुदुधकुण्ड नगरपालिका ५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन्।

प्रहरीका अनुसार सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर छोराछोरीमाथि एसिड प्रहार गरेका थिए।

घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोमवार राति नै थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घाइतेमध्ये छोरीको हातमा मात्रै चोट लागेको छ भने छोराको शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कवित कट्वालले बताए।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्