मेडिकल भ्रष्टाचारको विरोधमा काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । अवैध शुल्क असुली विरुद्ध आन्दोलनमा उत्रिएका देशभरका मेडिकल विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले मेडिकल माफियालाई कारवाही गर्न सरकार सँग माग गरेका छन् ।

मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ताको माग राख्दै देशभरका विभिन्न कलेजहरुमा हाल आन्दोलन जारी छ । 

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा.गोविन्द केसी सोमबार देखि १७ औं अनसन बसेका छन् ।

मेडिकल कलेजहरुमा आन्दोलनको नेतृत्व गरिरहेको चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्द्रीत गर्ने जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्