खोप लगाइसकेको यात्रा सहज बनाउन नेपाल र भारतबीच समझदारी

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : १५


काठमाडौं। कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि नेपाल र भारत सरकारबीच समझदारी भएको छ।

नेपाल र भारतीय स्वास्थ्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री विरोध खतिवडाको उपस्थितिमा भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पूर्ण रुपमा कोभिड(१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड १९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुने दूतावासले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्