‘मैले मन पराएको उपाध्यक्ष र महासचिव निर्विरोध वा सर्वाधिक मत ल्याएर निर्वाचित हुन्छ’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ११


काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए।

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्