‘देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले उहाँलाई नै बनाउनुपर्‍यो’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : १५


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन्।

प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको बताए।

‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन। वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो’ उनले भने,‘अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो। देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो।’

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले थपे, ‘त्यसैअन्तर्गत बालुवाटार, बालकोट र सातै प्रदेशबाट एमालेलाई आउट गरियो नि त।’


प्रतिक्रिया दिनुहोस्