माओवादी अधिवेशन झापामा गर्न प्रचण्डलाई ओलीको चुनौती

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : २९


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन३।

प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताए।

‘महाधिवेशन कहाँ गर्ने समस्या होइन। रोल्पातिर गरौं चुनाव लड्नु भएको छ। सिरहा गरौं उहाँ लडेको छ। काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ। चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ओलीले भने,‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं। बरु म उहाँलाई झापा आउन आह्वान गर्छु। झापा आएर माओवादी अधिवेशन गर्नुस्।’

कोही चुनाव कहीबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उनको भनाइ छ। ‘मलाई सिध्याउन यही चितवनको बाटो हिड्नु भयो भनेर आरोप लगाउनु हुन्छ। कसरी सकिन्न? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि। उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्’ उनले भने।


प्रतिक्रिया दिनुहोस्