एमाले महाधिवेशनमा सहभगी हुँदा मास्क अनिवार्य

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ५५


काठमाडौं। १० देखि १२ मंसिरसम्म चितवनको नारायणगढमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी सबैले अनिवार्य मास्क लगाउने पर्ने भएको छ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो बताएका हुन्।

यस्तै, महाधिवेशनको बन्दसत्रमा दुई सय स्वयंसेवक खटिने छन् भने महाधिवेशनको उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक खटिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्