एमाले स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : १२


काठमाडौं । दशौँ राष्ट्रिय महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक अहिले जारी छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशन व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनोट, निर्वाचन अयोगको कामलगायतका विषयमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्