एसियन सेन्ट्रल जोनका लागि नेपाली टोली घोषणा

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ४७


काठमाडौँ । आगामी शनिबारदेखि बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

नेपाल भलिबल संघले अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरे। थाइल्याण्डमा भएको तयारी भ्रमणमा गएका १८ खेलाडीमध्ये उत्कृष्ट १२ ले बंगलादेशमा हुने प्रतियोगिता खेल्ने छन्। 

नेपाली टिममा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । थाइल्याण्डमा महिला टोलीले ६ वटा मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपालले तीन वटामा जित र तीन वटामा हार ब्यहोरेको थियो । 
एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्कमेनिस्तान, किर्गिजिस्तान र अफगानिस्तानले प्रतिष्पर्धा गर्नेछन् ।  यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकूदको तयारीका रुपमा पनि लिएको छ । प्रतियोगिता खेल्न नेपाली टिम बिहीबार बंगलादेश प्रस्तान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्