दराजले सबैभन्दा ठूलो सेल ११.११ को आयोजना गर्दै

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ४७


काठमाडौं । इ-कमर्स कम्पनी दराजले चिनियाँ इकमर्श साइट अलिबाबाको संसारकै सबैभन्दा ठूलो सेल ११.११ नेपालमा सञ्चालन गर्ने भएको छ । 

यहि कात्तिक २५ गते भव्य कार्यक्रम मार्फत नेपालमा उक्त सेल सञ्चालन गर्न लागेको दराजले जनाएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दराजले ११.११ सेलको तयारी अन्तिम चरणमा बताएको छ । 

यसअघि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कात्तिक २५ गते नेपालमा ११ ११ आयोजना गरेको थियो ।

अरुदिन भन्दा उक्त दिन दराजले ८० गुणा बढि व्यापार गरेको  थियो । साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १ हजार भन्दा बढी बिक्रेता तथा ब्राण्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । 

त्यो साच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो ।

यसको निरन्तरता स्वरुप कात्तिक २५ गते दराजले अलिबाबाको संसारकै सबैभन्दा ठूलो सेल ११.११ सेल नेपालमा गर्न लागेको हो ।

नेपालमै पहिलो पटक कार्डबाट भुक्तानी हुन सक्ने सुविधा समेत थपेको जनाएको छ । 

कात्तिक २५ गते हुने यसपटकको ११.११ सेलमा ३ हजार हजारभन्दा बढी बिक्रेता, ३ लाख भन्दा बढी सामानहरु र ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने दराजले अनुमान गरेको छ ।

 पहिले चीनमा मात्र सीमित उक्त सेल अहिले संसारभरि एउटा मनोरन्जनात्मक सेल डेको रुपमा चिनिन थालेको छ ।

यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।
 


प्रतिक्रिया दिनुहोस्