दुई ट्रक गाईगोरूसहित झापामा तस्करहरु पक्राउ

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ०४


काठमाडाैं । दुई वटा ट्रकमा गाईगोरू तस्करी हुन लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, विर्तामोड र सुरुङावाट खटिएको प्रहरी टोलीले भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका वडा नं. ३ तुलसीवारीवाट ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको दुई वटा ट्रकवाट ४९ वटा पशु चौपाया गोरु नियन्त्रणमा लिई ट्रक र चालक सहित आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापामा पठाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गोरुहरु नवलपरासीवाट सोही स्थान वस्ने प्रमोद यादवले कन्काई ३ वस्ने रमेश खरेललाई वुझाउने गरी पठाइएको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त ट्रकका चालक वारा निजगढका विर वहादुर थिङ र नवलपरासीका विजय चौधरी समेतलाई समेत प्रहरीले पक्राउ गरेको छ । गोरु तस्करीविरुद्ध बिशेष निगरानी र कारबाही थालिएको इप्रका बिर्तामोडका डिएसपी मोहन थापाले बताएका छन । 

 


प्रतिक्रिया दिनुहोस्