कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौँ । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ।

मंगलबार विहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका केही सदस्यहरु भने उपस्थित हुनु भएको थियो। 

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो। तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ। 

कार्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो।

बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित हुनु भएको थियो। 


प्रतिक्रिया दिनुहोस्