मोदीलाई सुसाइड बमको धम्की दिने पाकिस्तानी गायिकाको गोप्य भिडियो लिक

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४३


इस्लामावाद । कश्मीर मामिलामा भारत पाकिस्तानबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

पाकिस्तानी सेलिब्रेटिहरुले समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गर्ने गरेका छन् ।

काश्मीर मामिलामा भारतीय प्रधानमन्त्री मोदीको कडा आलोचना गर्ने मध्येकी एक हुन पप गायिका राबी पीरजादा ।

उनले केहि दिन अघि एउटा बिस्फोटक पदार्थले भरिएको ज्याकेटको फोटो राख्दै भारतीय प्रधानमन्त्रीलाई आत्मघाती आक्रमणको चेतावनी दिएकी थिइन् ।

सुसाइड ज्याकेटका कारण चर्चामा आएकि उनी पछिल्लो समय अश्लिल भिडियो सार्वजनिक भएपछि फेरि चर्चामा छिन् । 

उनको गोप्य तस्विर र भिडियो पाकिस्तानी ट्विटर ह्यान्डलमा भाइरल बनेका हुन् ।

ट्विटरले चेतावनी दिँदै भाइरल बनेको उक्त सामग्री हटाएको छ ।

भिडियो लिक भएपछि आलोचना खेपेकि राबिले मंगलबार एक ट्विटमाफर्त इन्टरटेनमेन्ट इन्डस्टी परित्याग गरेको उल्लेख गरेकि छन् । 

भिडियो सार्वजनिक गर्नेमाथि साइबर क्राइमको उजुरी हाल्ने तयारी राबी छिन् । 

राबिले यसअघि सर्पसँगै उभिएर एउटा भिडियो सेयर गरेकि थिइन् । उक्त भिडियोका कारण समेत चर्चामा थिइन् । 

नग्न भिडियो पूर्व प्रेमीले बाहिर ल्याएको केहि प्रयोगकर्ताले उल्लेख गरेका छन ।

केहिले पाकिस्तानी सेनासँगको उनको खटपटका कारण भिडियो बाहिर ल्याइएको आरोप लगाएका छन् । 


प्रतिक्रिया दिनुहोस्