सेवाबाट मुक्त गरिएपछि आन्दोलन गर्दै आएका अस्थायी शिक्षक पक्राउ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडाैं । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थाई शिक्षक पक्राउृ परेका छन् । मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ३० भन्दा बढी अस्थायी शिक्षकलाई प्रहरीले पक्राए गरेको हो । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्न पुगेका थिए ।

पक्राउ गरेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ । शिक्षकहरुले कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएका थिए । यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्