चिकित्सा शिक्षा आयोगमा जागीर खुल्यो

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ३३


काठमाडाैं । चिकित्सा शिक्षा आयोगमा जागीरको लागी आवेदन खुलेको छ । चिकित्सा शिक्षा आयोगले निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको हो । समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुक आवेदकले नाम सिफारिस गर्न आग्रह गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो।‘निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न’ सूचनामा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्