चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ३०


विराटनगर। चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले बताए।

पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान बढाइएको श्रेष्ठले बताए।

पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाको छ।

बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तस्राव नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रक्तस्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ।

उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्