बाघको छालासहित २ जना पक्राउ

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : १४


दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन्।

दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

आइतबार राति पक्राउ परेका दुवै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। चौधरी र खड्कालाई घोराही उपमहानगरपालिका–१६ गरुवा चोकबाट पक्राउ गरिएको हो।

रा३प २६६ नंको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा उनीहरु बाघको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्