महोत्तरीमा चार पदका लागि उपनिर्वाचन

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


महोत्तरी । आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ। 

जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ। एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ। पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ।

त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताउनुभयो । सो उपनिर्वाचनमा २४ हजार ४९२  मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्