उम्मेद्वारको नाम टुंगो लगाउन काँग्रेस पदाधिकारीको बैठक जारी

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको नाम टुंगो लगाउन यतिबेला नेपाली काँग्रेस पदाधिकारी ब‌ैठक बसिरहेको छ। 

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले उम्मेद्वारको टुंगो लगाउने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। 

हिजो बैठक बसेर टुंगो लगाउने भनिए पनि उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा कोषाध्यक्ष सितादेवी यादव छठ मनाउन जिल्ला बाहिर रहेकाले बस्न सकेको थिएन।

केन्द्रीय कार्यसमिति बैठकले उम्मेद्वारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो।

पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस्