काठमाडौँ भित्रिने टिपरका लागि नयाँ नियम

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु हुने भएको छ। 

अब उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने, ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनु पर्ने, लुकिङ ग्लासलाई दुरुस्त राख्नुपर्नेलगायतका नियम लागु गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट यो नियम लागू गर्ने निर्णय भएको महाशाखाले जनाएको छ। १५ दिनभित्र यी नियम लागू हुनेछन्।  

त्यस्तै ट्राफिक प्रहरीले काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ। 


प्रतिक्रिया दिनुहोस्