विनोद चौधरी बने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : ५४


उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका छन्।

चौधरी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट सर्वसम्मत भएका हुन्।

चौधरी अहिले पनि नेपाली कांग्रेसका सांसद छन्। २०७४ सालको निर्वाचनबाट समानुपातिकबाट सांसद बनेका थिए।

त्यसअघि चौधरी नेकपा एमाले निकट थिए। २०७४ सालमै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका चौधरी १४ औँ महाधिवेशनका लागि प्रतिनिधिमा सर्वसम्मत भएका हुन्।

 


प्रतिक्रिया दिनुहोस्