एमाले स्थायी कमिटी बैठक स्थगित

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ३१


नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ।

सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ।


प्रतिक्रिया दिनुहोस्